गोविन्द केसीलाई अविलम्ब रिहाइ गर्न विवेकशील साझाको माग

गोविन्द केसीलाई अविलम्ब रिहाइ गर्न विवेकशील साझाको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – विवेकशील साझा पार्टीले डा. गोविन्द केसीको रिहाइको माग गरेको छ । पार्टीले केसीको गिरफ्तारीको विरोध गर्दै अविलम्ब रिहाइ गर्न माग गरेको हो । 

 

 

 

उच्च प्राथमिकताका साथ सम्बोधन गर्नु पर्ने स्वास्थ जस्तो संवेदनशिल र सार्वजनिक सरोकारको न्यायोचित मुद्दामा राज्य पक्षको आलटाल, अकर्मण्यता र विकृतिलाई प्रोत्साहन गर्ने प्रवृत्तिबाट  दुर्भाग्यपूर्ण स्थिति सृजना भएको विवेकशील साझा पार्टीको ठहर छ।

 

 

सर्वोच्च अदालतको आदेश अनुसार सोमबार डा. केसीलाई अनशन गरिरहेको स्थानबाटै पक्राउ गरिएको थियो । आज विहान ९ बजे उनलाई अदालतमा हाजिर गराइदैछ । 

 

 

‘चिकित्सा शिक्षा र चिकित्सा सेवा सम्बन्धि आम जनताका सरोकारका नीतिगत मुद्दा र विकृतिमाथि आवाज उठाउँदै आउनुभएका ईमान र निष्ठाका प्रतिक डा. गोविन्द केसीको गिरफ्तारिको खबरले हामी स्तब्ध भएका छौं । सम्मानित अदालतको गरिमाको जगेर्ना गर्ने सवै नागरिकको दायित्व हो र लोकतन्त्रको संस्थागत विकासका लागि निष्पक्ष र स्वतन्त्र न्यायपालिकाको अहम् भूमिका रहन्छ भन्ने कुरामा हामी प्रतिवद्ध छौं, ‘ साझा पार्टीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ, ‘जहाँसम्म डा. केसीले सर्वोच्च अदालतका सम्माननीय प्रधान न्यायधिसमाथि आम चासोको बिषयमा गंभिर प्रकृतिको आरोप लगाउनु भएको भन्ने सवाल छ, त्यसलाई डा. केसीले स्वास्थ क्षेत्रमा व्याप्त विकृतिको विरोधमा दिँदैआएको अभिव्यक्तिको निरन्तरताको रुपमा बुझ्नु उपयुक्त हुने देखिन्छ। विगतका कतिपय घटनामा तत्काल कार्यान्वयन हुनु पर्ने सर्वोच्च अदालतको आदेश कार्यान्वयन नभएको परिप्रेक्षमा डा. केसी जस्ता देशले नै गर्व गर्ने एकजना निष्ठावान व्यक्तिलाई रातारात हठात गिरफ्तार गरिएबाट हामी आश्चर्यचकित भएका छौँ । डा. केसीलाई अबिलम्ब रिहा गरियोस् र उहाँले लगाएको आरोपको यथार्थ र वस्तुपरक छानबिन सहित न्यायोचित निष्कर्ष निकाल्न हामी संबन्धित सबैको ध्यानाकर्षण गर्न चाहन्छौँ।’