निर्मला हत्याकाण्ड : सीआइबीका डीएसपी अंगुरसहित पाँच प्रहरी निलम्बित

निर्मला हत्याकाण्ड : सीआइबीका डीएसपी अंगुरसहित पाँच प्रहरी निलम्बित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार घटना भएको दुई महिना पुग्दा पनि दोषी पत्ता नलागेका बेला गृहमन्त्रालयले उक्त घटनाको जिम्मेवारीपूर्वक अनुसन्धान नगरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का डीएसपी अंगुर जिसीसहित पाँच प्रहरीलाई निलम्बन गरेको छ।

गृहका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको छानबिन समितिको प्रारम्भीक प्रतिवेदनका आधारमा गृहमन्त्री रामबहादुर थापाले ती प्रहरी अधिकृतलाई निलम्बनको निर्देशन दिएका हुन्।

गृहमन्त्रालयका सहसचिव रामकुृष्ण सुवेदीका अनुसार निलम्बनमा पर्नेमा डिएसपी जिसीसहित कञ्चनपुरका तत्कालीन डिएसपी ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षकहरु जगदीश भट्ट, एकेन्द्र खड्का र प्रहरी सहायक निरीक्षक रामसिंह धामी रहेका छन्।

साथै प्रतिवेदनले औंल्याएका केही व्यक्तिलाई छानबिनको दायरमा ल्याइएको उनले बताए।

कञ्चनपुरका तत्कालीन एसपी  दिल्लीराज विष्ट यसअघि नै निलम्बनमा परिसकेका छन्।