माओवादी केन्द्रबाट निर्वाचित कोशी प्रदेशका जनप्रतिनिधिलाई दुई दिने प्रशिक्षण

माओवादी केन्द्रबाट निर्वाचित कोशी प्रदेशका जनप्रतिनिधिलाई दुई दिने प्रशिक्षण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – स्थानीय तह, प्रदेश तथा संघीय संसद्मा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई माओवादी केन्द्र कोशी प्रदेशले दुई दिनसम्म प्रशिक्षण दिएको छ ।

विराटनगरस्थित उद्योग संगठन मोरङको हलमा भएको प्रशिक्षणमा वडाध्यक्षदेखि माथिका सबै जनप्रतिनिधिको सहभागिता थियो । प्रशिक्षणमा सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्दै पार्टीको जनआधार बलियो बनाउने उपायबारे प्रशिक्षकहरूले प्रशिक्षण दिएका थिए ।

यस्तै निर्वाचित जनप्रतिनिधिहरूलाई संघीय संरचना कार्यान्वयन र जनताको भावना अनुसारका योजना कार्यान्वयनका विषयमा पनि प्रशिक्षण दिइएको थियो । दुई दिने कार्यशाला नाम दिइएको प्रशिक्षणको नेकपा (माओवादी केन्द्र)का सचिव तथा पूर्व सूचना तथा सञ्चार मन्त्री राम कार्कीले उद्घाटन गरेका थिए ।

कार्यशालाको पहिलो दिन जनप्रतिनिधिहरूले आ–आफ्ना अनुभव प्रस्तुत गरेका थिए भने दोस्रो दिन बजेट निर्माण र योजना तर्जुमा, संविधान, संघीयता र कानुन क्षेत्राधिकार, वैज्ञानिक समाजवाद, समाजवाद उन्मुख अर्थतन्त्र, शासन र सुशानबारेमा प्रशिक्षण दिइएको थियो । जसमा विज्ञहरू डा.चन्द्रकान्त ज्ञवाली, लीलामणि पौडेल, हरि रोका, राम कार्की पार्थ र डा. भिमा ढुङ्गानाले प्रशिक्षण दिए । कार्यशालामा नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित कोशी प्रदेशका १ सय २४ वडाध्यक्ष, ३३ जना स्थानीय तहका प्रमुख उप–प्रमुख तथा अध्यक्ष उपाध्यक्ष, प्रदेशसभा तथा संघीय संसद्का सदस्यहरूको पनि उपस्थिति रहेको छ ।