एमाले अध्यक्ष ओलीले भने – एकता भाड्न शक्तिकेन्द्र सक्रिय


 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी ओली आज स्वास्थ्य परीक्षणका लागी थाइल्यान्डको बैंकक उडेका छन् ।

 

 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै ओलीले आफु बैंककबाट फर्किएपछि पार्टी एकताको विषय थप उचाइमा पुग्ने बताए । स्वास्थ्यमा कुनै समस्या नभए पनि डाक्टरहरुको सल्लाह अनुसार नै बैंकक जान लागेको उनले थपे ।

 

ओलीले माओवादी र एमालेको एकता भाड्न केहि शक्तिकेन्द्रहरु सक्रिय रहेको दाबी गर्दै त्यसले एकता प्रक्रियामा कुनै असर नपर्ने ठोकुवा गरे । उनले नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालालाई लक्षित गर्दै धेरै पढेका  र खुरापाती बिषयमा पिएचडी गरेका डाक्टरहरु नै एकता भाड्न लागी परेको आरोप लगाए ।

 

पुर्व प्रधानमन्त्री समेत रहेका ओलीलेआफु बैंककबाट फर्किएपछि पार्टी एकता भएरै छाड्ने दोहोर्याउदै केहि विद्धावानको बुद्धिले घाम ताप्ने भन्दै व्यंग समेत  गरे ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement