मोदीको घोषणा : भारतीय जंगलबाट हतियारधारी नक्सलवादीको सफाया भइसक्यो

मोदीको घोषणा : भारतीय जंगलबाट हतियारधारी नक्सलवादीको सफाया भइसक्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जंगलमा रहेका हतियारधारी नक्सलीको सफाया भइसकेको दाबी गरेका छन्।

छत्तीसगढ राज्यको बस्तरस्थित करणपुरस्थित कोबरा अपरेसन बेसमा आइतबार केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ)का जवानसँग दीपावली मनाउने क्रममा उनले यस्तो बताएका हुन्।

उनले अब ‘वैचारिक नक्सली’सँग लड्नुपर्ने बताएका छन्। मोदीले गर्दै अब वैचारिक रूपमा नक्सलवाद फैलाउने समूहबाट खतरा रहेको बताए। यस्ता समूह विभिन्न राजनीतिक संगठनमा प्रवेश गरेर संविधान र लोकतन्त्रविरुद्ध मानिसलाई भड्काइरहेका दाबी पनि उनले गरेका छन्।

मोदीले जंगलमा रहेका हतियारधारी नक्सलीको सफाया भइसकेको दाबी गर्दै अब वैचारिक रूपमा नक्सलवाद फैलाउने समूहबाट खतरा रहेको बताए। उनका अनुसार यस्ता समूह विभिन्न राजनीतिक संगठनमा प्रवेश गरेर संविधान र लोकतन्त्रविरुद्ध मानिसलाई भड्काइरहेका छन्।

उनले त्यस्ता समूहको पहिचान गरी उनीहरूलाई निष्क्रिय पार्नुपर्ने धारणा राखे। मोदीले करिब ४२ मिनेट सम्बोधन गरेका थिए।

सम्बोधनका मुख्य बुँदा

मोदीले आफ्नो सम्बोधनमा नक्सलवाद नियन्त्रण, सुरक्षा बलको सफलता र सरकारका उपलब्धिबारे पाँच मुख्य कुरा उल्लेख गरेका छन्।

१. देशका सबै जिल्ला नक्सलवादमुक्त भएको दाबी : सन् २०२६ को दीपावली विशेष रहेको बताउँदै उनले ४० देखि ५० वर्षपछि पहिलोपटक देशका सबै जिल्ला नक्सलवादको प्रभावबाट मुक्त भएको दाबी गरे। यससँगै करोडौँ मानिस नक्सलवादको त्रासबाट बाहिर आएको उनको भनाइ थियो।

२. एक वर्षमा सीआरपीएफका जवानको मृत्यु नभएको दाबी : पछिल्लो एक वर्षमा ड्युटीका क्रममा सीआरपीएफका कुनै पनि जवानले ज्यान गुमाउनुनपरेको उनले बताए। यसलाई सुरक्षा बलको साहस र सरकारको नीतिको सफलता भने।

३. अघिल्ला सरकारको आलोचना : सन् २००४ देखि २०१३ सम्म नक्सलीको तुलनामा प्रत्येक वर्ष सुरक्षाकर्मी बढी संख्यामा मारिएको दाबी गर्दै उनले अघिल्ला सरकारले नक्सलवादलाई समाधान नै नहुने समस्याका रूपमा लिएको आरोप लगाए।

४. आन्तरिक सुरक्षाको महत्त्व : देशको आन्तरिक सुरक्षा बलियो हुँदा बाह्य शत्रुले सफलता पाउन नसक्ने, तर आन्तरिक सुरक्षा कमजोर हुँदा बाह्य शत्रुले पनि टाउको उठाउने उनको भनाइ थियो।

५. ५० करोड मानिस गरिबीबाट बाहिरिएको दाबी : विश्व बैंकको प्रतिवेदनलाई उद्धृत गर्दै मोदीले पछिल्लो १२ वर्षमा भारतका ५० करोड मानिस चरम गरिबीबाट बाहिरिएको बताए। उनले यसलाई सरकारका कल्याणकारी योजनाको उपलब्धिका रूपमा प्रस्तुत गरे।

मोदी लगातार १३औँ पटक सुरक्षाकर्मीसँग दीपावली मनाउन पुगेका हुन्। यसअघि उनले १२ पटक देशका विभिन्न सीमावर्ती क्षेत्रमा पुगेर सुरक्षाकर्मीसँग पर्व मनाएका थिए। तीमध्ये तीन पटक जम्मु–कश्मीर र दुई–दुई पटक हिमाचल प्रदेश तथा लद्दाख पुगेका थिए।