हुथीले हानेको क्षेप्यास्त्रका टुक्रा खस्दा साउदी अरबको रियादस्थित अराम्को टावरमा क्षति

हुथीले हानेको क्षेप्यास्त्रका टुक्रा खस्दा साउदी अरबको रियादस्थित अराम्को टावरमा क्षति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- साउदी अरबको राजधानी रियादस्थित किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्टमा रहेको अराम्को टावरमा क्षेप्यास्त्रका टुक्रा खस्दा भवनमा क्षति पुगेको छ।

रोयटर्सका अनुसार प्रत्यक्षदर्शीले टावरका विभिन्न तलाका झ्यालहरू फुटेको बताएका छन्। साउदी ऊर्जा मन्त्रालयका एक अधिकारीले पनि अराम्कोको प्रशासनिक भवनमा प्रक्षेप्यास्त्रका टुक्रा खसेर सामान्य क्षति पुगेको पुष्टि गरेका छन्।

घटनामा मानवीय क्षति नभएको अधिकारीले बताएका छन्। सम्बन्धित निकायले तत्काल घटनास्थलमा पुगेर आवश्यक कदम चालेको पनि मन्त्रालयको भनाइ छ।

यो घटना यमनका हुथी विद्रोहीले साउदी राजधानी रियादतर्फ प्रहार गरेका दुई क्षेप्यास्त्रलाई साउदी नेतृत्वको गठबन्धन सेनाले आकाशमै निष्क्रिय पारेको घोषणा गरेपछि भएको हो। आइतबार बिहान रियादमा ठूलो विस्फोटको आवाजसमेत सुनिएको प्रत्यक्षदर्शीले बताएका छन्।

हुथी विद्रोहीले पछिल्लो समय साउदी अरबका विमानस्थल, बन्दरगाह र तेल पूर्वाधारलाई लक्षित गरी क्षेप्यास्त्र तथा ड्रोन आक्रमण तीव्र बनाएका छन्। यमनमा जुलाईमा पुनः लडाइँ सुरु भएपछि साउदी अरब र हुथी विद्रोहीबीच आक्रमण–प्रत्याक्रमण बढेको हो।

यस घटनाबारे साउदी अराम्कोले तत्काल प्रतिक्रिया दिएको छैन। हुथी विद्रोहीले पनि आक्रमणबारे कुनै आधिकारिक धारणा सार्वजनिक गरेका छैनन्।

उता, यमनले हुथी विद्रोहीलाई सैन्य सहयोग गरेको विषयमा लेबनानलाई हिजबुल्लाहविरुद्ध निर्णायक कदम चाल्न आग्रह गरेको छ। साथै लेबनानको भूभाग र हतियारमाथि त्यहाँको सरकारको अधिकारलाई समर्थन गरेको जनाएको छ।

यता अमेरिकाले इरानमाथि पुनः आक्रमण गरेपछि मध्यपूर्वमा तनाव बढेको छ। इजरायलका रक्षामन्त्रीले इरानसम्बन्धी सैन्य अभियान अझै पूरा नभएको बताएका छन्। इरानका सर्वोच्च नेता अली खामेनीले भने अमेरिकाको मध्यावधि निर्वाचनको परिणामले इरानको अडानमा कुनै परिवर्तन नल्याउने बताएका छन्।