जनयुद्ध दिवसविरुद्धको रिट दर्ता गर्न आदेश

जनयुद्ध दिवसविरुद्धको रिट दर्ता गर्न आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सर्वोच्च अदालतले जनयुद्ध दिवसविरुद्ध रिट दर्ता गर्न आदेश गरेको छ। न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले यस्तो आदेश गरेको हो।

एकल इजलासको यो आदेशपछि अब रिट दायर हुनेछ। अधिवक्ता ज्ञानेन्द्रराज आरणले रिट दायर गर्न निवेदन दिएका थिए। तर सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो। उक्त दरपिठविरुद्ध इजलासमा दिएको निवेदनमा दरपिठ बदर हुने आदेश भएको हो।