काठमाण्डु – यसवर्षको एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) परीक्षा आजदेखि सुरु हुँदैछ । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले परीक्षा आज बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने जनाएको छ।
राष्ट्रिय परीक्षा बोर्डले आजदेखि सुरु हुन लागेको एसईई व्यवस्थित र मर्यादित बनाउन सहयोग र समन्वयका लागि प्रदेश र स्थानीय अपिल गरेको छ । बोर्डले सबै प्रदेश, जिल्ला, बोर्डका शाखा कार्यालयहरू तथा गाउँपालिका महासंघ र नगरपालिका संघलाई पत्राचार गर्दै आवश्यक सहयोग र समन्वय मागेको छ ।
बिहान ८ बजेदेखि सुरु हुने परीक्षा चैत २९ गते सकिनेछ ।




प्रतिक्रिया