राष्ट्रपति पौडेललाई ग्यास्टिकको समस्या, प्रधानमन्त्रीले टिचिङ पुगेर लिए स्वास्थ्यबारे जानकारी

राष्ट्रपति पौडेललाई ग्यास्टिकको समस्या, प्रधानमन्त्रीले टिचिङ पुगेर लिए स्वास्थ्यबारे जानकारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रपति रामचन्द्र पौडेल त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् । राष्ट्रपति पौडेल पेटमा समस्या देखिएपछि शनिबार अस्पताल भर्ना भएका थिए ।

राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीका अनुसार राष्ट्रपतिलाई ग्यास्टिकका कारण पेट दुखेको चिकित्सकहरूले बताएका छन् । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यबारे जानकारी लिएका छन् ।

आज बिहान टिचिङ अस्पताल पुगेर स्वास्थ्य लाभको कामना गरेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । “सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्युले आज बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्युलाई भेटी उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको छ,” उनले फेसबुकमा लेखेका छन् ।