लक्ष्मीप्रसाद उपाध्य पत्रकारिता विषयमा गोल्ड मेडलबाट दिक्षित

लक्ष्मीप्रसाद उपाध्य पत्रकारिता विषयमा गोल्ड मेडलबाट दिक्षित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री तथा पूर्वाञ्चल विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयमा सर्वोकृष्ट अंक प्राप्त गर्ने बिभिन्न विषयमा विद्यार्थीलाई दिक्षित गरेका छन् ।

विश्वविद्यालयको केन्द्रीय कार्यालय विराटनगरको गोठगाउँमा आयोजित ११ औँ दिक्षान्त समारोहमा कुलपति दाहालले विद्यार्थीलाई दिक्षित गरेका हुन् ।

जसअनुसार वातावरण पत्रकारितामा सक्रिय लक्ष्मीप्रसाद उपाध्याय पूर्वाञ्चल विश्वविद्यालयले प्रदान गर्ने आमसञ्चार तथा पत्रकारिता विषयमा गोल्ड मेडलले दिक्षित भएका छन् ।

आमसञ्चार तथा पत्रकारिता विषयको स्नातकोत्तर तहमा सर्वोकृष्ट अंक प्राप्त गरेका पत्रकार उपाध्यायले विश्वविद्यालयद्वारा प्रदान गरिने ओमप्रकाश गोयल गोल्ड मेडल प्राप्त गरे ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले विदिक्षान्त समारोहमा उपाध्यायलाई दिक्षित गरेका हुन् । उपाध्याय विगत दुई दशकदेखि वातावरण, ऊर्जा, संरक्षण तथा विकासका क्षेत्रमा कलम चलाउँदै आएका छन् । विशेष गरी जलवायु परिवर्तनले नेपालमा पारेको असरका विषयमा बिभिन्न अध्ययन, अनुसन्धान तथा लेखनमा सक्रिय उपाध्यायले जलवायु अनुकुलन, स्वच्छ ऊर्जा, हरित रोजगारी, शहरी विकास र बसाई सराईका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएका छन् ।

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलनको नेदरल्याण्ड, जर्मन, पोल्याण्ड, स्पेन, बेलायत तथा आइयूसिएन विश्व सम्मेलन फ्रान्समा नेपालबाट प्रतिनिधित्व गरिसकेका उपाध्यायले जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा पारेको आर्थिक प्रभाव र त्यसले तल्लो तटीय क्षेत्रमा पार्न सक्ने असरका विषयमा दर्जनौँ अध्ययन अनुसन्धान टोलीको सदस्य भएर काम गरेका छन् ।

वन तथा वातावरण मन्त्रालयको मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण कार्यदलमा रहेर काम गरिसकेका उपाध्यायलाई नेपालमा बाघको संख्या दोब्बर भएको अवसरमा गत वर्ष प्रधानमन्त्री अध्यक्ष रहने राष्ट्रिय बाघ संरक्षण समितिले समेत सम्मान तथा पुरस्कृत गरेको थियो ।