रवि लामिछानेविरुद्धको रिट सर्वोच्चमा दर्ता, मंगलबारका लागि पेसी तोकियाे

रवि लामिछानेविरुद्धको रिट सर्वोच्चमा दर्ता, मंगलबारका लागि पेसी तोकियाे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता दिनमणि पोखरेलले गरेको निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा परेको रिट दर्ता भएको छ । मुख्य रजिस्ट्रारले रिट अध्ययन गरेपछि सोमबार दर्ता भएको हो ।

रिटको पेसी मंगलबारका लागि तोकिएको छ । युवराज पौडेल ‘सफल’ले लामिछानेमाथि राहदानी दुरुपयोगमा सजाय हुनुपर्नेमा उन्मुक्ति दिएकाले उक्त निर्णय बदर हुनुपर्ने दाबी गरिएको छ।

यसअघि नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासले सांसद पद खारेज गर्दै पुनः नागरिकता लिन आदेश गरेको थियो। सर्वोच्चको उक्त फैसला अनुसार लामिछानेले पुनः नागरिकता लिएका थिए।

नागरिकता विवाद मंसिर ४ मा भएको निर्वाचन अघि नै आएपनि उनी चितवन–२ बाट उम्मेदवार हुँदै निर्वाचित भएका थिए। तर, सर्वोच्चले नेपाली नागरिक नभएको ठहर गरेपछि सांसद पद गुमाएका थिए।