कस्ताे रहला आजको मौसम ?

कस्ताे रहला आजको मौसम ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पूर्वानुमान गरेकाे छ। केही प्रदेशमा आज पनि वर्षाको सम्भावना रहेको छ ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।