खानेपानी माग्दै बालुवाटार छिरेका मेयर साम्पाङ भन्छन्: पाइप र ढुंगा बोकेकाे मिस गरिरहेको छु

खानेपानी माग्दै बालुवाटार छिरेका मेयर साम्पाङ भन्छन्: पाइप र ढुंगा बोकेकाे मिस गरिरहेको छु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु धरानको खानेपानी समस्या समाधानको लागि सहयोग गर्न धरानका स्वतन्त्र मेयर हर्क साम्पाङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् । कोशी नदीबाट धरानमा खानेपानी झार्ने बजेट विनियोजनका लागि धरान उपमहानगरपालिकातर्फबाट प्रधानमन्त्री प्रचण्डसमक्ष मेयर साम्पाङले ज्ञापन पत्र बुझाएका हुन् ।

मंगलबार मेयर साम्पाङले बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउदैँ कोशीको पानी धरानमा झार्नुपर्ने भएकाले सहयोग गर्न आग्रह गरे । यसैबीच मेयर साङपाङको टोलीले आजै शिक्षामन्त्री अशोक राईसँग पनि भेटवार्ता गरेको छ ।

शिक्षामन्त्री राईसँग पनि उक्त टोलीले ज्ञापन पत्रमार्फत धरानको खानेपानी समस्याको समाधान गर्न आग्रह गरेको हो । ‘काम गर्दैछौँ है काम गर्दैछौँ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राई ज्युलाई माग पत्र बुझाइयो ।’, राईसँगको भेटपछि आफ्नो सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै साम्पाङले भनेका छन् ।

त्यस्तै मेयर साम्पाङले फेसबुकमा अर्को स्टाटस मार्फत सिंहदरबार भित्र कतै श्रमदान गर्ने ठाउँ छैन भन्दै प्रश्न गरेका छन् । ‘सिंहदरबार भित्र कतै श्रमदान गर्ने ठाउँ छैन रु’ आफ्नो पोस्टमा उनले अंग्रेजीमा थपेका छन्, ‘आइ मिस पाइप(पुलिङ एण्ड स्टोन(क्यारिङ’ अर्थात् म पाइप तान्न र ढुंगा बोक्ने कुरा मिस गरिरहेको छु ।’, उनले फेसबुकमा लेखेका छन् ।

मेयर साम्पाङ धरानमा खानेपानी वितरण कार्यमा दिनहुँजसो श्रमदान गरिरहेका भेटिन्छन् । गत वैशाख ३० गते भएको स्थानीय तहको चुनावमा हर्क साम्पाङले आफूले जिते पछि जसरी भएपनि धरानका जनतालाई खानेपानी खुवाउने आश्वासन दिएका थिए ।