जोरालाई कारबाही गर्न पत्रकार महासङ्घ डडेल्धुरालाई विद्यार्थी संगठनको पत्राचार, माग पूरा नभए आन्दोलनमा उत्रिने चेतावनी

जोरालाई कारबाही गर्न पत्रकार महासङ्घ डडेल्धुरालाई विद्यार्थी संगठनको पत्राचार, माग पूरा नभए आन्दोलनमा उत्रिने चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- डडेल्धुराको त्रिवेणी बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले झण्डा फहराएको विषयमा झुटा समाचार सम्प्रेषण गरेको भन्दै विरोध भइरहेको छ ।

भित्री मधेशस्थित सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको आंगिक  त्रिवेणी बहुमुखी क्याम्पसमा सम्पूर्ण विद्यार्थीहरु मिलेर पहिलो पटक नेपालको राष्ट्रिय झण्डा फहराएका थिए ।

तर, सम्पूर्ण विद्यार्थीहरु मिलेर उक्त कार्य गरेपनि परशुराम एफएमका स्टेसन म्यानेजर पदम जोराले त्रिवेणी बहुमुखी क्याम्पस जोगबुढाको परिसरमा पहिलो पटक स्ववियू सभापति गौरा बोहराको नेतृत्वमा विद्यार्थीद्धारा नेपालको राष्ट्रिय झण्डा फहराइयो भनेर समाचार सम्प्रेषण गरेकाले जोरालाई कारबाही हुनुपर्ने माग विद्यार्थी संगठनहरुले गरेका हुन् ।

बुधबार अखिल क्रान्तिकारी र अनेरास्ववीयुले विज्ञप्ति जारी गर्दै तिन दिनभित्र जोरालाई कारबाही गर्न पत्रकार महासङ्घ डडेल्धुरालाई पत्राचार गरेका छन् । पत्रकार महासङ्घ डडेल्धुराले पत्रकारिताको मुल्यमान्यता विपरीत समाचार सम्प्रेषण गर्ने पत्रकारको सदस्यता खारेज गरि कारबाही गर्नुपर्ने ती विद्यार्थी संगठनको माग छ ।

‘यस नगरपालिका क्षेत्रका जनताको आवाज सशक्त गर्ने, जनताका पीर मर्का र सत्य तथ्य सुचना सम्प्रेषण गरि समाज रुपान्तरणको सम्बाहकका रुपमा भुमिका खेल्नु पर्नेमा त्यसो नगरी कुनै राजनीतिक पार्टी प्रतिको आस्थाका आधारमा आफु खुशी पत्रकारिता गर्नु, निस्पक्ष पत्रकारिता माथिको प्रहार हो । परशुराम एफएमबाट पटक पटक यस्तो किसिमका घटना दोहरिरहनु आफैमा लाजमर्दो कुरा हो । यस्ता प्रकृतिका झुटा समाचार प्रषारण गरेर भ्रम फईलाएको हुँदा सम्बन्धीत निकायले समयमै नियमन गरि पत्रकारिताको मुल्य मान्यताको विपरित कलम चलाउने जोकोहीलाई कानुनी दायरामा ल्याई  कारबाही गर्न आग्रह गर्दछौ । ’, विज्ञप्तिमा भनिएको छ ।

यदि माग पूरा नभए आन्दोलनमा उत्रिने पनि विद्यार्थी संगठनहरुले चेतावनी दिएका छन् । ‘मागहरु पत्रकार महासङ्घ डडेलधुरा र नगर सरकारले ३ दिनभित्र पुरा नगरे हामी स्वतन्त्र र निस्पक्ष पत्रकारिता स्थापनाको निम्ति जस्तोसुकै कदम चाल्न पनि पछि हट्ने छैनौँ । ’, विज्ञप्तिमार्फत चेतावनी दिइएको छ ।

यो पनि पढ्नुहोस्