भाजपाको जन्म लोकतन्त्रको कोखबाट भएको हो : नरेन्द्र मोदी

भाजपाको जन्म लोकतन्त्रको कोखबाट भएको हो : नरेन्द्र मोदी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टी (भाजपा)को जन्म लोकतन्त्रको कोखबाट भएको बताएका छन् ।

बिहीबार भाजपाको ४४औँ स्थापना दिवसका अवसरमा प्रधानमन्त्री मोदीले भाजपा लोकतन्त्रको कोखबाट जन्मिएकाले भाजपाले लोकतान्त्रिक मूल्य मान्यताको सदैव रक्षा गर्ने बताएका हुन् ।

‘भाजपा लोकतन्त्रको अमृतबाट पोषित छ । त्यसैले लोकतन्त्र र संविधान मजबुत बनाउन हामी दिनरात समर्पित छौँ ।’, मोदीले भने । त्यस्तै प्रधानमन्त्री मोदीले भ्रष्टाचार र वंशवादविरुद्ध लड्ने बताए ।

‘हनुमानजीले राक्षसको सामना गर्नुभयो। हामी त्यत्तिकै कठोर हुन्छौं। जब भ्रष्टाचार र वंशवादको कुरा आउँछ भाजपा त्यत्तिकै दृढ भएर लड्छ।’, उनले भने ।