काठमाण्डु- नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन साहले ‘समाजलाई चरम अराजकतातिर’ लैजाने नियोजित प्रयास गरेको आरोप लगाएका छन्।
प्रमुख साहको फेसबुक स्टाटसप्रति टिप्पणी गर्दै पोखरेलले ट्वीटमार्फत पोखरेलले यस्तो आरोप लगाएका हुन्। उनले जिम्मेवारीमा बसेपछि जिम्मेवार र जवाफदेही बन्नुपर्ने बताएका छन्।
मेयर बालेन शनिबार बिहान निकै नै आक्रामक बने । उनले राजनीतिक रुपमा आक्रामक स्टाटस लेखेका हुन् । शनिबार बिहान लगातार दुई वटा पोष्ट सामाजिक संजालमा सार्वजनिक गर्दै अहिलेको सरकार र नेताहरुप्रति आक्रोश पोखे । उनले आफ्नो व्यक्तिगत दुई वटा एकाउन्टबाट अहिलेको सरकारलाई गाली गरेका छन् । त्यस्तै नेताहरुलाई डम्पिङ साइटमा लैजानुपर्नेसमेत बताएका छन् ।
उनको पहिलो पोष्टमा देश सफा गर्न परे नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्ने भन्दै आक्रोश पोखेका थिए । उनले आजबाट सिंहदरबारको फोहोर नउठ्ने भन्दै लेखे, ‘‘आजबाट सिंहदरबारको फोहर उठ्दैन । साँच्चिकै देश सफा गर्नु परे त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।’
अर्को स्टाटस भने अझ अभद्र रहेको देखिन्छ । बालेनले भारत र चीनले बनाएको सरकारको इज्जत नगर्ने बताएका छन् । बालेनले फेसबुकमा लेखेका छन्,‘ भारत र चीनले बनाएको सरकारको कुनै इज्तत गर्दिन म । नेपाल स्वाधीन कहिले हुने रु आफनो अस्तित्व कहिले बनाउने ? लाज लाग्दैन ?’, मेयर बालेनले लेखेका छन् ।




प्रतिक्रिया