वर्षमान पुनको घरमा गोली चल्यो : पुनकी आमा घाईते

वर्षमान पुनको घरमा गोली चल्यो : पुनकी आमा घाईते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पुर्व अर्थमन्त्री वर्षमान पुनको घरमा गोली चलेको छ । पुनको निजी सुरक्षामा खटिएका सुरक्षाकर्मी प्रकाश पुनको हतियारबाट गोली चल्दा उनकी आमा घाईते भएकी छिन् । गोली शुक्रबार राति ९ बजे चलेको बताइन्छ ।

उनको तिघ्रामा गोली लागेको र अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सुरक्षा गार्डले नियतवस गोली नचलाएको प्रहरीले स्रोतले जनाएको छ ।

गोली चलाउने प्रहरीलाई राति १ बजे नै नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । ‘गोली असावधानीवस चलेको देखिन्छ । घटनाको अनुसन्धान भइरहेको छ ।’ प्रहरी स्रोतले भन्यो ।