काठमाण्डु – चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले चीनका राष्ट्रपति सी जिनपिङसमक्ष आफ्नो ओहोदाको प्रमाण पत्र पेस गरेका छन् । ग्रेट हल अफ चाइनामा भएको भेटमा राजदूत श्रेष्ठले आफ्नो ओहोदाको पत्र पेस गरेका हुन् ।
ओहोदाको प्रमाण पत्र ग्रहण गर्दै राष्ट्रपति सीले श्रेष्ठलाई सफल कार्यकालका लागि शुभकामना दिएका थिए। साथै राष्ट्रपति सीले श्रेष्ठको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझै प्रगाढ हुने आशा व्यक्त गरेका थिए ।




प्रतिक्रिया