खप्तड गोल्डकपः मनाङ मर्स्याङ्दी सेमिफाइनलमा

खप्तड गोल्डकपः मनाङ मर्स्याङ्दी सेमिफाइनलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी– रुपन्देही–११ लाई पराजित गर्दै साविक विजेता मनाङ मर्स्याङ्दी धनगढीमा भइरहेको नेपाल सुदूरपश्चिम खप्तड गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ।

 

धनगढी रंगशालमा शुक्रबार भएको अन्तिम क्वार्टरफाइनलमा रुपन्देही ११ लाई ४–० ले पराजित गर्दै मनाङ अन्तिम चारमा पुगेको हो।

 

 

२० औँ मिनेटमा मनाङका विदेशी खेलाडी भिक्टोर अमोवीले गोल गर्दै अग्रता दिलाए। पहिलो हाफमा १–० ले अगाडी रहेको मनाङले दोस्रो गोल आत्मघाती उपहार पायो।
छिरिङ गुरुङले वचाउ गर्न खोज्दा दोस्रो हाफको ५५ औं मिनेटमा आफ्नै पोष्टमा गोल भएपछि मनाङको अग्रता दोव्वर भयो।

 

अधिकांश समय बल आफ्नो कव्जामा राखेको मनाङका लागि ८३ औ मिनेटमा विशाल राई र ८४ औ मिनेटमा विमल रानाले गाल गर्दै सानदार जितसँगै मनाङ अन्तिम चारमा पुगेको हो।

 

शुुक्रबारको खेल सकिएसँगै सुदूूरपश्चिम खप्तड गोल्डकपमा क्वाटरफाइनलको समीकरण पुरा भएको छ।

 

 

प्रतियोगिता अन्तरगत शनिबार मनाङ र विभागीय टीम आर्मीबीच पहिलो सेमीफाइनल खेल हुनेछ, दोस्रो सेमिफाइनलमा आइतबार सुदूरपश्चिम ११ र एपीएफ भिड्नेछन्।