चमेलिया जलविद्युतको १५ मेगाबाट राष्ट्रिय प्रसारणमा जोडियो

चमेलिया जलविद्युतको १५ मेगाबाट राष्ट्रिय प्रसारणमा जोडियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दार्चुला– दार्चुलास्थित चमेलिया जलविद्युत आयोजनाको १५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको छ।

 

 

१५ मेगावाट बिजुली शुक्रबार दिउँसो ३ः ३५ बजे नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजना प्रमुख अजयकुमार दाहालले जानकारी दिए।

 

 

आयोजना निर्माण सम्पन्न गर्ने निर्धारित लक्ष्यभन्दा साढे दुई सय गुणा बढी समय लागेको छ। आयोजना निर्माणमा भएको ढिलाइले समयसँगै लागतसमेत बढेको छ। आठ अर्ब ३४ करोडमा सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त आयोजना सम्पन्न हुँदासम्म करिब १६ अर्ब लाग्ने अनुमान गरिएको छ।

 

आयोजना चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी (सिजिजिसी) ले निर्माण गरिरहेको छ। प्राधिकरणको ढिलासुस्तीका कारण चमेलियाको बिजुली यहाँका बासिन्दाले तत्काल उपभोग गर्न नपाउने भएका छन्।