प्रधानन्यायाधीश भन्छन्–सडकमा प्रमाणपत्र देखाउँदै हिँड्न आवश्यक छैन

प्रधानन्यायाधीश भन्छन्–सडकमा प्रमाणपत्र देखाउँदै हिँड्न आवश्यक छैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुम– प्रधानन्यायाधीश गोपाल पराजुलीले नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रबारे सडकमा कराउदैमा केही नहुने बताएका छन्।

 

प्रधानन्यायाधीश पराजुुलीको दुुई थान नेपाली नागरिकता भएको भन्दै आरोप लागिरहेका बेला उनले सोबारे संसदीय समितिमा जवाफ दिइसकेको बताए।

 

रुकुम पूर्वको जिल्ला अदालत उद्घाटन गर्दै पराजुुलीले आफू सक्षम भएर न्याय क्षेत्रमा प्रवेश गरेको र प्रधानन्यायाधीश बनेको बताए।

 

‘मैले पेश गर्ने ठाउँमा प्रमाण पेश गरिसकेको छु, अब सडकमा प्रमाण देखाउँदै हिँड्न आवश्यक छैन,’ उनले भने।

विभिन्न वहानामा न्यायालयप्रतिको विश्वास कम गराउन केही शक्ति लागेकाले त्यो सम्भव नहुने उनको धाराणा छ।