सेनाको हाईयर कमाण्ड एण्ड म्यानेजमेन्ट कोर्षका अधिकृतद्धारा सशस्त्र प्रहरीको प्रधान कार्यालय अवलोकन

सेनाको हाईयर कमाण्ड एण्ड म्यानेजमेन्ट कोर्षका अधिकृतद्धारा सशस्त्र प्रहरीको प्रधान कार्यालय अवलोकन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाकाे हाईयर कमाण्ड तथा म्यानेजमेन्ट कोर्ष’का उच्च अधिकृतहरुले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको अवलोकन गरेका छन् ।

बिहीबार नेपाली सैनिक वार कलेज नगरकोटमा संचालित ‘सि.सं. ११ हाईयर कमाण्ड एण्ड म्यानेजमेन्ट कोर्ष’का उच्च अधिकृतहरुले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको स्थलगत अवलोकन तथा अध्ययन भ्रमण गरेका छन् ।

सो अवसरमा कोर्षका शिक्षार्थी अधिकृतहरुसँगको अन्तरक्रिया कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक (आइजीपी)राजु अर्यालले सुरक्षा संगठनहरुवीच भएको आपसी सहकार्य तथा सहयोग आदान प्रदान र आत्मियताले गर्दा एकआपसवीचको सम्बन्ध थप मजबुद एवं प्रगाढ हुँदै गईरहेको समेत उल्लेख गरे ।

उनले यस खालका अन्तरक्रिया तथा भ्रमणले एक आपसमा सुमधुर सम्बन्ध कायम राख्दै आगामी दिनहरुमा कार्यक्षेत्रमा कार्यसम्पादन गर्ने क्रममा सहजता आउने विश्वास व्यक्त गर्दैँ राष्ट्र र आम नागरिकको सुरक्षा, सीमा सुरक्षा, विपद् उद्वार तथा व्यवस्थापन लगायतका कार्यहरु सबैको सामूहिक प्रयासले विशिष्ट तवरले सम्पादन गर्न सकिने बताए।

आइजीपी अर्यालले त्यसअवसरमा सो कोर्षका प्रशिक्षक सहायक रथी हिम्मत बहादुर बिष्टलाई संगठनको तर्फबाट मायाको चिनो समेत प्रदान गरे ।

सशस्त्र प्रहरी बल नेपालको पृष्ठभूमि, सांगठनिक संरचना, काम कर्तव्य र अधिकार, सीमा सुरक्षा तथा विपद् व्यवस्थापनमा परिचालन, सुरक्षा संगठनहरुबीच समन्वय र सहकार्यका क्षेत्रहरु, विद्यमान चुनौती लगायतका विविध विषयहरुबारे शिक्षार्थी अधिकृतहरु समक्ष प्रस्तुतीकरण मार्फत सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी गराए ।

त्यसअवसरमा विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल, नेपालले प्रयोगमा ल्याएको विविध सामाग्रीको अवलोकन, सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयस्थित संग्रहालय र केन्द्रीय समन्वय कक्षको कामकारवाही र सो कक्षले हाल प्रयोगमा ल्याईरहेको सूचना तथा संचार प्रविधिबारे समेत शिक्षार्थी अधिकृतहरुले जानकारी हासिल गरे ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदक्त पौडेल लगायत नेपाली सेना र सशस्त्र प्रहरी बल, नेपालका उच्च अधिकृतहरुको उपस्थिति रहेको थियो ।