आइजीपी कुँवरको अमेरिका भ्रमण रोकियो

आइजीपी कुँवरको अमेरिका भ्रमण रोकियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवरको अमेरिकाको भ्रमण रद्द भएको छ।

अमेरिकामा आयोजना हुने लिडरसिप एक्जेन्ज कार्यक्रममा सहभागी हुन आइजीपी कुँवर सोमबार अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको थियो। तर, नक्कली भुटानी शरणार्थीका नाममा नेपाली ठगि प्रकरणपछि सरकारले उनको भ्रमण राेकेकाे स्रोतले बतायाे ।

उनको सट्टामा एआइजी किरण बज्राचार्यको नेतृत्वमा ५ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेको छ। एआइजी बज्राचार्यसँगै सदस्यहरू एआइजी सुदिप गिरी, डिआइजी रामदत्त जोशी, एसएसपी एएम चन्द्रबहादुर धामी र सन्तोष खड्का अमेरिका प्रस्थान गरेका छन्।

वैशाख २७ देखि २९ सम्म अमेरिकाको वासिङटन डिसि र न्युयोर्कमा सञ्चालन हुने कार्यक्रममा भविष्यमा हुने सुरक्षा चुनौति र आतंतवाद, डिजिटल अपराध, क्रिप्टोकरेन्सी कारोबार लगायतका वित्तिय अपराध अनुसन्धान तथा नियन्त्रण लगायत विषयमा छलफल हुनेछ।