काठमाण्डु- परराष्ट्रमन्त्री एनपी साउद बेलायतबाट फर्केलगत्तै आज बंगलादेश भ्रमणमा जांदैछन् । ‘छैटौं इन्डियन ओसन कन्फरेन्स–२०२३’ मा सहभागी हुन मन्त्री साउंद बिहिबार बंगलादेशको राजधानी ढाका जान लागेका हुन् ।
उनि बुधबार बिहान मात्र चाल्र्स तृतियाको राज्यभिषेक समारोहमा सहभागी भएर बेलायतबाट फर्केका थिए ।बंगलादेश भ्रमणको क्रममा मन्त्री साउंदले आफ्ना समकक्षी परराष्ट्रमन्त्री एके अब्दुल मोमेनसंग समेत भेटवार्ता गर्ने कार्यक्रम छ ।
बंगलादेशको विदेश मन्त्रालय, भारतको विदेश मन्त्रालय र इन्डिया फाउन्डेसनले संयुक्त रूपमा आयोजना गर्न लागेको कार्यक्रममा मन्त्री साउंदले सम्बोधन गर्ने कार्यक्रम छ । उक्त कार्यक्रम शनिवारसम्म चल्नेछ ।
सम्मेलनमा हिन्द महासागर क्षेत्रको मजबुत भविष्यका लागि शान्ति, समृद्धि र सहकार्य गर्ने मुल कार्यपत्रमा छलफल हुनेछ ।




प्रतिक्रिया