काठमाण्डु – नेपाल प्रहरीका २२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवाका लागि सिफारिस भएका छन् ।
नेपाल प्रहरीले गठन गरेको बढुवा समितिको शुक्रबार बसेकोे बैठकले २२ डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरिएको हो।
बढुवा सिफारिस हुनेमा डीएसपी गौतमकुमार केसी पहिलो नम्बरमा छन् । दोस्रोमा बसुन्धरा खड्का, तेस्रोमा अपिलराज बोहरा, चौथोमा नवराज कार्की र पांचौंमा गोविन्द पुरी रहेका छन्।






प्रतिक्रिया