शरणार्थी प्रकरणमा ३२ जनालाई प्रतिवादी बनाएर प्रहरीले बुझायो प्रतिवेदन, २७ करोड बिगोसहित जरिवानाना गर्नुपर्ने उल्लेख

शरणार्थी प्रकरणमा ३२ जनालाई प्रतिवादी बनाएर प्रहरीले बुझायो प्रतिवेदन, २७ करोड बिगोसहित जरिवानाना गर्नुपर्ने उल्लेख

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई महिना लामो अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुमा प्रतिवेदन बुझाएको छ। सोमबार जिल्ला प्रहरी परिसर काठमाण्डुको टोलीले आरोपपत्रसहितको प्रतिवेदन बुझाएको सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले जानकारी दिए ।

प्रहरीले पक्राउ परेका १६ जनासहित ३२ जनाविरुद्ध २७ करोड बिगोसहित जरिवानाना गर्नुपर्ने उल्लेख गर्दै प्रतिवेदन तयार पारेको छ । उनीहरुविरुद्ध राज्यविरुद्धको, ठगी र संगठित अपराध गरी तीन खालका मुद्दा चलाउनुपर्ने प्रहरीको राय छ।

अहिले प्रहरी हिरासतमा नेकपा (एमाले) का सांसद टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, पूर्वगृहमन्त्री बालकृष्ण खाण उनका सहयोगी नरेन्द्र केसी, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षाविज्ञ इन्द्रजित राई, पूर्वगृहसचिव टेकनारायण पाण्डे र नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा छन्।