कामिरिता शेर्पा २८ औं पटक सगरमाथाको चुचुरोमा

कामिरिता शेर्पा २८ औं पटक सगरमाथाको चुचुरोमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- कीर्तिमानी आरोही कामिरिता शेर्पा २८ औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन्।

सोलुखुम्बु पाङबोचेका पासाङ दावा शेर्पाले २७ औं पटक सगरमाथा चढेर कीर्तिमान बराबरी गरेपछि कामिरिता एक सातामै दोस्रोपल्ट सगरमाथा चुचुरोमा पुगेर आफ्नो नामको विश्व रेकर्ड कायमै राखेका हुन् । उनी यहि जेठ ३ गते बुधबार सगरमाथा चुचुरोमा पुगेर फर्किएका थिए ।

उनी आवद्ध सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिग्मा शेर्पाका अनुसार कामीरिता मंगलबार बिहान ९ बजेर २० मिनेटमा सगरमाथाको चुचुरोमा पुगेका थिए ।