जेठ १७ गते भारत भ्रमणमा जाने प्रधानमन्त्री प्रचण्डकाे तयारी


काठमाण्डु- आगामी आर्थिक बर्षको बजेट भाषण्लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको तयारी भएको छ। प्रधानमन्त्री ‘प्रचण्ड’ले आगामी जेठको १७ गते भारत भ्रमण गर्ने तयारी गरिएको हाे। यद्यपि, भ्रमणको मिति भने घोषणा आधिकारिक रुपमा गरिएको छैन।

‘भ्रमणको मिति नै तयचाहिँ भइसकेको छैन। प्रधानमन्त्रीको भ्रमणको चाँजोपाँजो परराष्ट्र मन्त्रालयले नै मिलाउने हुँदा मिति पनि उसैले तय गर्ने कुरा हो,’ प्रधानमन्त्री प्रचण्डको प्रेस सल्लाहकार गोविन्द आचार्यले भने।

पराराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते भारत भ्रमणमा जाने छन्। मन्त्रालयले सोहीअनुसार तयारी गरिरहेको छ। भारत भ्रमण द्विपक्षीय हित प्रवर्द्धन, सम्बन्ध अभिवृद्धिमा मात्रै नभएर सीमा लगायतका समस्या समाधानमा पनि केन्द्रित रहने भनेर प्रधानमन्त्री प्रचण्डले बताउँदै आएका छन्।

जानकारहरुले भने भारतसंग सिमा,विद्युत, ब्यापार लगायतका एजेण्डाहरु पूर्वनिर्धारित भएकाले सकारात्मक उपलब्धी देखिनेगरि कुराकनी गर्नुपर्ने बताउदै आएका छन्। वर्तमान अवस्थामा नेपालको विकासका लागि साझेदारी तथा विद्युत निर्यातका लागि विशेष पहल गरिनुपर्ने उनीहरुको सुझाव छ।

प्रतिक्रिया दिनुहोस
Advertisement