काठमाण्डु – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ प्रतिवादीहरूको आजदेखि अदालतमा बयान सुरू हुँदैछ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन लागेको अभियोगमा गत चैत १३ गतेदेखी पक्राउ परेकाहरुको आज (शुक्रबार)देखि न्यायाधीशसमक्ष बयान सुरु हुन लागेको हो ।
भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी,कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण,उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा विज्ञ इन्द्रजित राई,केशव दुलाल,सानु भण्डारी,सन्देश शर्मा लगायतलाई पक्राउ गरिएको थियो ।
नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने ३० जनाविरूद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो। प्रकरणमा १६ जना पक्राउ परेका छन्। उनीहरूलाई अदालतमा बयान गराइनेछ। १४ जना फरार छन्।
उनीहरूविरुद्ध ठगी, सरकारी लिखत कीर्ते, राष्ट्रियहीतविरूद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ ।




प्रतिक्रिया