नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेकी  लक्ष्मी महर्जन पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेकी  लक्ष्मी महर्जन पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेकी अभियुक्त लक्ष्मी महर्जन पक्राउ परेकी छिन्।

उनलाई पक्राउ गरेर शुक्रबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सिताराम रिजालले जानकारी दिए।

योसँगै भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ। यसअघि १६ जनालाई पक्राउ गर्दै बाँकी १४ जनालाई फरार प्रतिवादी बाएर जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको थियो। शरणार्थी प्रकरणमा महर्जनको बैंक खाता प्रयोग भएको देखिएको छ।