विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा

विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । कोशी नामकरणको विरोधमा पहिचानवादीबाट हुनसक्ने आन्दोलनलाई ध्यान दिँदै विराटनगरका विभिन्न क्षेत्रमा निषेधित क्षेत्र तोकिएको हाे ।

पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोसी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिणमा जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरपरको ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रमा निषेधाज्ञा लागु हुनेछ ।