विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप

विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रदेश १ को नाम कोशी राखिएको विरोधमा आन्दोलनरत पहिचानवादीहरु र प्रहरीबीच झडप भएको छ ।

आइतबार विराटनगरको देवकोटा चोकमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो। झडपमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ। प्रहरीले भिड तितरवितर पार्न अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरेको हो ।

प्रदेशसभा छेउको निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले रोक्न खोजे पछि प्रहरी प्रदर्शनकारीबीच झडप भएको जनाइएको छ । यस अघि बिहान कोशी प्रदेश नामाकरण विरुद्ध प्रदर्शनमा उत्रिएका २७ जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको थियो ।