प्रधानमन्त्री प्रचण्डलाई सुझाव : ईपीजी प्रतिवेदनसहित सीमाको समस्या सम्बोधन हुनुपर्छ

प्रधानमन्त्री प्रचण्डलाई सुझाव : ईपीजी प्रतिवेदनसहित सीमाको समस्या सम्बोधन हुनुपर्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १७ जेठबाट भारतको औपचारिक भ्रमण गर्ने भएका छन् । यसअघि आइतबार उनले आफ्नो भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित राजनीतिज्ञहरुलाई जानकारी गराउँदै सुझाव मागेका छन् ।

छलफलमा पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नागरिक उन्मुक्ति पार्टीकी रन्जिता श्रेष्ठसहित राजनीतिज्ञसँग आइतबार सिंहदरबारमा प्रधानमन्त्री प्रचचण्डले आफ्नो भारत भ्रमणबारे जानकारी गराउँदै सुझाव मागेका हुन् ।

सो क्रममा उनीहरुले नेपालको हितलाई ध्यान दिन सुझाव दिएका छन् ।  उनीहरुले सीमा विवाद, ईपीजीको प्रतिवेदनसहित दुई देशबीच देखिएका विवाद समाधानमा भ्रमणलाई केन्द्रित गर्न प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएका हुन् ।

बैठकपछि पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा सिमानाकामा आधाआधा पानी, ईपीजी प्रतिवेदन बुझ्नेलगायतका विषयलाई अगाडि बढाउन सुझाव दिएको बताए ।

भट्टराईले भने,‘मुख्यतः खुलासिमानाको समस्या छ । भारतले ईपीजी प्रतिवेदन ग्रहण गर्दा राम्रो हुन्छ । सिमाना नदीको पानी आधा आधा भन्ने हो । पानीको बाँडफाँटमा आधा आधाको सिद्धान्तलाई अवलम्बन गर्नुपर्छ भनेर सुझाव दियौं । धेरै परियोजना ओगटेर राख्ने मात्रै नराखौं । भारत र नेपालबीचको सम्बन्ध चिसिएको छ,आइसब्रेक हुनुपर्छ ।’