गणतन्त्रबाटै नेपाललाई सभ्य,सुखी र सम्पन्न राष्ट्रका रुपमा रुपान्तरण गर्न सकिन्छ : सभापति देउवा

गणतन्त्रबाटै नेपाललाई सभ्य,सुखी र सम्पन्न राष्ट्रका रुपमा रुपान्तरण गर्न सकिन्छ : सभापति देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रवाट नै नेपाल र नेपाली सुखी, सभ्य र सम्पन्न बनाउन सकिने बताएका छन् ।

१५ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले नेपाली जनताको त्याग, वलिदान र उत्सर्गबाट प्राप्त यो ऐतिहासिक उपलब्धीको रक्षार्थ सबैले आ–आफ्नो तहबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आवश्यक रहेको समेत जनाएका छन् ।

‘नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासबाट नै नेपाललाई सभ्य, सुखी र सम्पन्न राष्ट्रका रुपमा रुपान्तरण गर्न सकिन्छ,’ उनले आफनो शुभकामना सन्देशमा भनेका छन, ‘नेपाली जनताको त्याग, वलिदान र उत्सर्गबाट प्राप्त यो ऐतिहासिक उपलब्धीको रक्षार्थ सबैले आ–आफ्नो तहबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आवश्यक छ ।’ उनका अनुसार मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न यो गणतन्त्र दिवसले प्रेरणा दिनेछ ।