महिनावारी सञ्जालका अध्यक्षको मागः निशुल्क गुणस्तरिय सेनेटरी प्याडको व्यवस्था गर

महिनावारी सञ्जालका अध्यक्षको मागः निशुल्क गुणस्तरिय सेनेटरी प्याडको व्यवस्था गर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपालमा महिलाको कुल जनसंख्यामध्य २ दशमलव ९ प्रतिशत जनसङ्ख्या महिनावारीको समयमा छाउगोठमा बस्न बाध्य भएको तथ्याङकहरुले देखाएका छन् ।

अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसरमा राष्ट्रिय महिनावारी सञ्जालले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सञ्जालका संयोजक गुणराज श्रेष्ठले युनिसेफले २०१९ मा सार्वजनिक गरेको प्रतिवेदनले महिलाहरुले महिनावारीको समयमा विभेद भोगिरहेको बताए ।

यस्तै २ दशमलव ३ प्रतिशत महिला गाई गोठमा बस्ने गरेको अध्ययनले देखाएको उनले जानकारी दिए । यस्तै २ दशमलव ८ प्रतिशत महिलाहरूले महिनावारीको समयमा खानेकुरा समेत बार्ने गरेको देखाएको बताए । यस्तै २ दशमलव ३ प्रतिशत महिला महिनावारीको समयमा विद्यालयमा अनुपस्थित हुने गरेको तथ्याङ्कमा उल्लेख छ । यस्तै २५ प्रतिशत महिलाहरू महिनावारी हुँदाको समयमा छुट्टै कोठामा बस्ने गरेको देखाएको छ ।

यस्तै ८ दशमलव ८ प्रतिशत जनसङ्ख्याले महिनावारी हुँदा छुटै बाथरुम प्रयोग गर्ने देखाएको छ भने ५७ दशमलव ६ प्रतिशत महिलाहरूले महिनावारीको समयमा धार्मिक तथा सामाजिक कार्यमा प्रतिबन्ध खेप्नुपरेको अध्ययनले देखाएको उनले जानकारी दिए ।

महिनावारीको समयमा मानवअधिकार समेत उल्लङ्घन हुने गरेको बताए । महिनावारीको समयमा सरसफाइमा ध्यान नदिँदा महिलाको स्वास्थ्यमा समेत असर गरेको देखिएको उनले बताए । महिनावारी सम्बन्धी छुट्टै नीति बनाएर कार्यान्वयन गर्न उनले सरकारलाई आग्रह गरे । यस्तै उनले निशुल्क रुपमा गुणस्तरिय सनेटरी प्याडको सहज उपलब्धताकालागि समेत सरकारसंग आग्रह गरे ।