काठमाण्डु – सरकारले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूलाई स्वदेशमै रोजगारमा आबद्ध गर्ने योजना सरकारले राखेको छ । सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०-८१ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री रामशरण महतले यस्तो जानकारी दिएका हुन् ।
‘वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूलाई उद्यमशिलता विकास गर्ने र रोजगारमा आबद्ध गरिने छ,’ उनले भने, ‘गरिबको रेखामुनि रहेका वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई लघु उद्यमीका रूपमा विकास गर्न स्थानीय तहमार्फत सीप विकास तालिम व्यवसायिक परामर्श कार्यक्रम सञ्चालन गरिने छ ।’




प्रतिक्रिया