काठमाण्डु – टीकापुर हत्याकाण्डमा तीनवटै तहका अदातलबाट दोषी ठहर भएका रेशमलाल चौधरीलाई आममाफी दिएकाे निर्णयविरुद्ध मृतककी श्रीमतीले दिएको रिट सर्वोच्च अदालतले मंगलबार दर्ता गरेको छ ।
उक्त घटनामा मारिएका इन्सपेक्टर केशव बोहराकी पत्नी शारदा कडायतले आइतबार सर्वोच्चमा रिट दिएकी थिइन् । सरकारले चौधरीलाई आम माफी दिने तयारी गरेपछि शारदा रिट लिएर सर्वोच्च पुगेपनि त्यस दिन दर्ता भएको थिएन ।
चौधरी सोमबार माफी पाएर जेलमुक्त भइसकेका छन् । उक्त मुद्दाको पेशी भोलि (बुधबार)का लागि पेशी तोकिएको छ।




प्रतिक्रिया