९ वर्षमा नेपाल-भारत सम्बन्ध हिट भयो : मोदी 

९ वर्षमा नेपाल-भारत सम्बन्ध हिट भयो : मोदी 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू प्रधानमन्त्री बनेपछि सबैभन्दा पहिले नेपालको भ्रमण गरेको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा दिल्लीस्थित हैदरावाद हाउसमा संयुक्त पत्रकार सम्मेलन गर्दै मोदीले आफू प्रधानमन्त्री बनेपछि सबैभन्दा पहिले नेपालको भ्रमण गरेको सम्झँदै नाका अवरोध नहोस् भनेर काम गरेको बताएका हुन्।

उनले योबीचमा पाइपलाइनमार्फत् डिजेल निर्यात, नेपालबाट भारतमा बिजुली निर्यातको सुविधाका लागि सहजीकरण गरिएको बताए । ‘९ वर्षमा हाम्रो पार्टनरसिप साँच्चै हिट भयो,’ उनले भने, ‘वर्षको उपवलब्धी बयान गर्न खोजे दिन बित्छ, भविष्यमा सुपरहिट बनाउनेगरी महत्वपूर्ण निर्णय गरेका छौँ।’