काठमाण्डु – नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि भियतनाम समक्ष आग्रह गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालसंग भारत भ्रमणमा रहेको चेम्बर पदाधिकारी टोलीले नेपाल भुटान र भारतका लागि भियतनामका राजदूत न्गुयेन थान हायसंग छुट्टै भेटवार्ता गरेको हो ।
हायसंगको भेटवार्ताका क्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले नेपाल भियतनामबीच व्यापार अभिवृद्धि, लगानी प्रवृद्धन, पर्यटन जस्ता क्षेत्रमा सहकार्य गर्नुपर्ने बताए । दुई मुलुकबीचको आर्थिक र कुटनीतिक सम्वन्धलाई प्रभावकारी र परिणाम मुखी बनाउनुपर्ने अध्यक्ष मल्लको भनाई छ । बौद्ध सर्किटको निर्माणका लागि आवश्यक पूर्वाधार बनाउन दुई देशको व्यापारिक समुहबीच सहकार्य गर्न समेत अध्यक्ष मल्लले हायसंग प्रस्ताव गरे ।
उनले भने, ‘दुई मुलुकबीच कटनीतिसंगै उच्चस्तरीय व्यापारिक साझेदारी हु“दै आएको छ, भियतनाममा बुद्धका अनुयायीहरु पनि प्रशस्त छन् । बौद्ध सर्किट बनाएर धार्मिक पर्यटनलाई आर्कषित गर्न सकिन्छ, ।’
चेम्बर पदाधिकारीहरुसंगको भेटमा नेपाल, भुटान र भारतका लागि भियतनामका राजदूत हायले आफुले नेपालको भ्रमण छिट्टै गर्न लागेको सुनाए । नेपाल र भियतनामबीच व्यापारिक साझेदारी वृद्धिगर्न सहयोग गर्ने हायको भनाई छ । हायसंगको भेटवार्तामा चेम्बर अध्यक्ष मल्लसहित निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ, उपाध्यक्षहरु दिपक मल्होत्रा र उर्मिला श्रेष्ठको पनि सहभागिता रहेको थियो ।
नेपालका लागि अस्ट्रेलियन राजदूत फेलीसिटी वोल्कसंग काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज भएको भेटवार्तामा चेम्बरका पदाधिकारीले जलविद्युत, बन, पर्यटन, कृषि एवं साना उद्योगमा लगानीका लागि आग्रह गरेका हुन् । नेपाल र अष्ट्रेलियाबीच ६० बर्ष भन्दा पुरानो कुटनीतिक सम्वन्धलाई थप बलियो बनाउन सरकारी र नीजि क्षेत्रबाट उच्चस्तरीय आर्थिक साझेदारीको आवश्यक्ता रहेको अध्यक्ष मल्लले बताए ।
अष्टे«लियाले नेपालको बन क्ष्ँेत्रको संरक्षण तथा सम्वद्र्धन गर्न लामो समय देखि आर्थिक एवं प्राविधिक सहयोग गरेको भन्दै अध्यक्ष मल्ले यसको निरन्तरतामा जोड दिए । उनले जडिवुटी एवं खानी जन्य तथा धातुहरुको प्रशोधन गर्ने उद्योगमा लगानी गरि अन्तराष्ट्रिय बजार प्रर्वद्धन गर्न समेत राजदूत वोल्क समक्ष आग्रह गरे ।
अध्यक्ष मल्लले भने, ‘समृद्ध मुलुक अष्टे«लियाले थुप्रै देशमा लगानी गरिरहेको छ । तर नेपालमा लगानी निकै नगण्य मात्रामा छ । भारत तथा बंगलादेशको विद्युत बजारलाई मध्यनजर गर्दै अपार सम्भावना भएको नेपालको जलविद्युतमा लगानी गर्नका लागि म महामहिम राजदूत वोल्कलाई आग्रह गर्दछु ।’ अस्ट्रेलियाका ठूला लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानीका लागि अध्यक्ष मल्लले आग्रह समेत गरे ।
बैदेशिक लगानीका लागि नेपालले नीतिगत क्षेत्रमा थुप्रै सुधार गरिसकेकाले ढुक्क भएर लगानी गर्न अध्यक्ष मल्लले राजदूत वल्क समक्ष आग्रह गरे । अध्यक्ष मल्लले भने, अष्टे«लियाको लगानी सुनिश्चित गर्न नीजि क्षेत्रको तर्फबाट नेपाल चेम्बर अफ कमर्सले पहल गर्नेर्छ ।’
नेपालका विद्यार्थीहरु अस्ट्रेलियामा अध्ययनका लागि गईरहेको सन्र्दभमा अध्यक्ष मल्लले त्यहा“का बिख्यात शैक्षिक संस्थाहरुबाट नेपाली शैक्षिक संस्थाहरुलाई सम्वन्धन दिई शिक्षाको गुणस्तर सुधारमा सहयोग गर्न समेत राजदूत वल्कसमक्ष आग्रह गरे । अध्यक्ष मल्लले नेपाल र अष्टे«लियाबीच सीधा हवाई सेवा बिस्तार गरेर दुवै देशले फाईदा लिन सक्नेमा जोड दिए ।




प्रतिक्रिया