राज्यमन्त्री लेखीले गरिन् प्रधानमन्त्री प्रचण्डलाई विदाई

राज्यमन्त्री लेखीले गरिन् प्रधानमन्त्री प्रचण्डलाई विदाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश प्रस्थान गरेका छन्।

४ दिने भारत भ्रमणका लागि गत जेठ १७ गते भारत भएका प्रधानमन्त्री प्रचण्डसहितको प्रतिनिधमण्डलको टोली इन्दिरा गान्धी विमानस्थलबाट स्वदेश फिर्ता हुन लागेको हो।

भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश मन्त्रायलका राज्यमन्त्री मिनाक्षी लेखीले प्रधानमन्त्री प्रचण्डसहितको टोलीलाई बिदाइ गरेकी छन्। राज्यमन्त्री लेखीले नै प्रधानमन्त्री प्रचण्ड लगायतलाई स्वागत गरेकी थिइन्।