पाल्पामा जिप दुर्घटना : ३ जनाको मृत्यु, ११ घाइते

पाल्पामा जिप दुर्घटना : ३ जनाको मृत्यु, ११ घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा-पाल्पामा आज बेलुकी जिप दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवती केवँरेछेडामा जिप दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेका छन भने उनीहरूको पहिचान खुलेको छैन ।

सालझण्डीबाट अर्घाखाँचीतर्फ जाँदै गरेको लु १ च ९०२४ नम्बरको डबल क्याब जिप ढोरपाटन सडकमा दुर्घटनामा परेको हो । घाइते भएकाहरूलाई उद्धार गरी रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको स्थानीयले बताएका छन् ।

घाइतेहरुलाई जंगल र भीरबाट सडकसम्म ल्याएर अस्पताल पठाउने कार्य भइरहेको छ । प्रहरीको टोली पनि घटनास्थलमा पुगेकाे छ ।