भाइबुहारीकाे उजुरीमा प्रहरीका पूर्वडिएसपी पक्राउ

भाइबुहारीकाे उजुरीमा प्रहरीका पूर्वडिएसपी पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीका अवकासप्राप्त प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्ण खड्का साइबर क्राइम मुद्दामा प्रकाउ परेका छन्।

महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) धीरजप्रताप सिंहका अनुसार खड्काकी भाइबुहारीकाे उजुरीकाे अाधारमा उनलार्इ पक्राउ गरिदएकाे हाे। खड्कालार्इ नेपालगञ्जबाट नियन्त्रणमा लिइएकाेमा काठमाडाैं ल्याइएकाे छ।

खड्काले चलाउँदै आएको फेसबुक आइडीबाट आफ्नै बुहारीलाई अस्लिल गालीगलौज गरेको एसएमएस गएकाे प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएकाे छ।

खड्काकाे घर बाँकेकाे नेपालगञ्ज हाे। खड्का र उनको भाइबुहारीको बीच लामाे समयदेखि अंशबंडा सम्बन्धी मुद्दा चलिरहेकाे छ।