काठमाण्डु – नेकपा एमालेका सांसद रघुजी पन्तले चुरे नचलाउन सरकारलाई चेतावनी दिएका छन् । उनले चुरे छुनु भयो भने देशमा आगो लाग्ने बताए।
आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि संसदमा बिहीबार भएको छलफलमा भाग लिँदै एमाले सांसद पन्तले सरकारको नीति कार्यक्रमदेखि बजेटमा समेत चुरेको ढुंगा गिट्टी निर्यातको योजना आएको बताएका हुन् ।
‘अर्थ मन्त्री ज्यू, नीति तथा कार्यक्रममा पनि आछ। तपाईको भाषणमा पनि आछ। बजेटमा पनि आछ। तपाईले बजेटमा हाल्नुभएको छ। तर चुरे नछुनो होला, छुनु भयो भने देशमा आगो बल्छ’, उनले भने। उनले प्राकृतिक स्रोत संसाधन बेचेर कुनै देश धनी नभएको बताए।




प्रतिक्रिया