प्रधानमन्त्री प्रचण्डपत्नी सीता दाहाल नर्भिकमा भर्ना

प्रधानमन्त्री प्रचण्डपत्नी सीता दाहाल नर्भिकमा भर्ना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई थप उपचारका लागि नर्भिक अस्पताल भर्ना गरिएको छ। दाहाललाई सोमबार अपरान्ह नर्भिक अस्पतालमा भर्ना गरिएको हो। प्रधानमन्त्रीको सचिवालयले नियमित चेकअपका लागि दाहाललाई अस्पताल लगिएको जनाएको छ।

सीता दाहाल लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित छिन्।सीता मधुमेह र उच्च रक्तचापबाट समेत पीडित छिन् ।

सीतालाई भेट्न प्रधानमन्त्री दाहाल नर्भिक अस्पताल पुगेका छन् ।