काठमाण्डु – पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापाले जलहरी प्रकरणबारे अनियमितता भएको पुष्टि गर्न चुनौती दिएका छन् ।
मंगलबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा पशुपतिनाथ मन्दिरमा राखेको जलहरीमा १० किलो सुन गायब भएको विषयमा उनले अनियमितता भएको प्रमाणीत भए आफू फाँसीको सजाय भोग्न तयार रहेको बताए। अन्यथा आफ्नो बद्नाम नगरिदिन आग्रह गरे ।
बैठकमा भावुक बनेका उनले कि सुन चोरी भएको प्रमाणीत गर्नुपर्याे होइन भने बद्नाम नगर्न आग्रह गरेका हुन् ।आफ्ना दुई सन्तान रहेका र उनीहरुको भविष्यसमेत अन्धकार हुनेगरी आफूलाई सुन चोरको आरोप लगाइएको दुखेसो पोख्दै उनले राज्यको नीति यहीँ हो? भन्दै प्रश्नसमेत गरे। सदस्य सचिव थापाले आफूलाई पशुपति क्षेत्रको भेटी, जग्गालगायतका सम्पत्ति दूरुपयोग गरेर बाँच्नु नपर्ने बताए।
वास्तविकता र तथ्यहीन समाचारले पारिवारिक रुपमा पार्ने असरबारे जानकारी गराउँदै उनले भने, ‘सुन चोरेको हो भने प्रमाणित गरेर कालकोठरीमा जाकियोस् हैन भने आफूलाई बदनाम नगरियोस् ।’




प्रतिक्रिया