उपचारका लागि सिंगापुर पुगे सभापति देउवा

उपचारका लागि सिंगापुर पुगे सभापति देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका छन् । स्वास्थ्य उपचारका लागि मंगलबार मध्यराति पूर्व प्रधानमन्त्री देउवा सिंगापुर पुगेका हुन् ।

श्रीमती आरजु राणा भने दिल्लीबाट सोमबार नै सिंगापुर पुगेकी हुन् । देउवाको सचिवालयका अनुसार नियमित स्वास्थ्य उपचारका लागि उनी सिंगापुर पुगेका हुन् ।

पेटमा समस्या देखा परेपछि उनी तीन वर्षअघि पनि सिंगापुर गएका थिए । उनले सिंगापुरस्थित अस्पतालमा आँखाको पनि जाँच गराएका थिए । उनी एक सातापछि स्वदेश फर्किनेछन् ।  देउवापत्नी राणा भने सिंगापुरबाट जापान जानेछिन् ।