प्रतिनिधिसभा बैठक बस्दै : उद्योग,भूमि र भौतिक मन्त्रालयको बजेटमाथि छलफल हुने

प्रतिनिधिसभा बैठक बस्दै : उद्योग,भूमि र भौतिक मन्त्रालयको बजेटमाथि छलफल हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक ११ बजे बस्नेछ । संघीय संसद भवनमा बस्ने बैठकमा बिनियोजन बिद्येयक २०८० माथी छलफल हुनेछ ।

संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमाथी छुटाईएको बजेटमा छलफल हुनेछ।

प्रतिनिधिसभाको हिजोको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत वन तथा वातावरण मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको छलफल गरिएको थियो, जुन सकिएको छ।