काठमाण्डु – संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग सांसदहरूको सवालजवाफ सुरु भएको छ । शुक्रबार बिहान संघीय संसद् सचिवालयमा संसदीय सुनुवाइ समितिमा कार्कीसँग सांसदहरूको सवालजवाफ सुरु भएको हो ।
बिहीबार नै कार्कीले भावी प्रधानन्यायाधीशका रूपमा आफ्ना कार्ययोजना प्रस्तुत गरेपछि प्रश्नोत्तर कार्यक्रम हुने भनिए पनि संसद् बैठकका कारण शुक्रबारलाई सारिएको थियो । सर्वोच्चको प्रधानन्यायाधीशमा संवैधानिक परिषद्बाट गत वैशाख २५ गते सिफारिस भएका कार्कीको सुनुवाइ थप एक दिन लम्बिएको हो । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक प्रक्रिया रहेको छ ।




प्रतिक्रिया