दक्षिणी क्यालिफोर्नियामा गोली चल्दा कम्तीमा आठ जना घाइते

दक्षिणी क्यालिफोर्नियामा गोली चल्दा कम्तीमा आठ जना घाइते


वाशिङ्टन- अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा शनिबार राति भएको एक भोजमा किशोरसहित कम्तीमा आठ जनालाई गोली हानी हत्या गरिएको स्थानीय सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गर्दै उल्लेख गरेका छन्।

लस एन्जलस काउन्टी शेरिफ डिपार्टमेन्टका अधिकारीहरूले स्थानीय समयअनुसार राति १२ः०५ बजे लस एन्जलसबाट २० किलोमिटर दक्षिणमा रहेको कार्सन शहरमा गोली चलेको पुष्टि गरेका छन्।

घटनास्थलमा सुरक्षा अधिकारीहरूले छ जना गोली लागेर मृत्यु भएको फेला पारेका थिए भने अन्य दुई जनालाई स्थानीय चालकले अस्पताल लगेका थिए। घाइते हुनेमा १६ देखि २९ वर्ष उमेर समूहका युवा रहेको र तीमध्ये दुईजनाको अवस्था गम्भीर रहेको समाचारमा जनाइएको छ। स्थानीय केटीएलए टिभीका अनुसार गोली चल्दा कम्तीमा ५० जना किशोर किशोरी रात्रि भोजमा सहभागी भएका थिए।