गाडी दुर्घटनामा घाइते सुदूरपश्चिमका मन्त्री सिंहको उपचारको क्रममा निधन

गाडी दुर्घटनामा घाइते सुदूरपश्चिमका मन्त्री सिंहको उपचारको क्रममा निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ- बझाङमा भएको गाडी दुर्घटनामा परी सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ।

मंगलबार बझाङमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका मन्त्री सिंहलाई तत्कालै उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा लगिएको थियो । उनको कोहलपुस्थित मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार बेलुकी ५ः ३३ बजे निधन भएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी भरत बोहराले जानकारी दिए।

दुर्घटनामा परेका मन्त्री सिंहकी पत्नी अमृता सिंह र उनकी भाउजू जयादेवी सिंहको भने बझाङको केदारस्युँ गाउँपालिकामा रहेको देउरा प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते भएका मन्त्रीका पीएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक घर्मराज जोशीको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरूको अवस्थामा पनि गम्भिर रहेको अस्पतालले जनाएको छ ।